आजदेखि नेपाल–बंगलादेश ऊर्जा बैठक बस्दै, के-के छन् एजेण्डाहरु ? 

काठमाण्डौँ - नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक कमिटी जेएससीको पाँचौँ बैठक सोमबारदेखि बंगलादेशमा सुरु हुँदै छ । नेपाल र बंगलादेशबीच ऊर्जामा सहकार्य गर्ने गरी सन् २०१८ मा जेएससी गठन भएको थियो । त्यसको पाँचौँ बैठक सोमबार र मंगलबार बंगलादेशको ढाकामा हुन लागेको हो ।

बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभागलगयातका निकायका प्रतिनिधि आइतबार बंगलादेश प्रस्थान गरिसकेका छन् । यसपालिको बैठकमा विशेष गरी दुई देशबीचको विद्युत् व्यापार, लगानी र अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी एजेन्डामा छलफल गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले बताए ।