images

‘शिक्षामा राज्यको लगानी परिणाममुखी हुनुपर्छ’

काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्यतथाप्रतिनिधिसभा सदस्यप्रदीपपौडेलले शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी परिणाममुखी हुननसकेको बताएका छन् । शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजितबालवाटिका इन्टरनेशनल स्कुलको १९ औंअभिभावकदिवस कार्यक्रममाबोल्दै पौडेलले शिक्षाको लगानीलाई परिणाममुखी बनाउनकालागि सबै पक्षको साझाप्रयत्नआवश्यक रहेको बताए । उनले भने, ‘अहिले राज्यले शिक्षामाथोरै लगानी त गरेको छ तर त्यो पनिबालुवामापानीहालेजस्तै खेर गइसकेको छ ।  शिक्षाको लगानीलाई परिणाममुखी बनाउनकालागिहामीले साझाप्रयत्न गर्न आवश्यक छ ।’ पौडेलले शैक्षिक क्षेत्रमाकाम गरेकाहरूको अनुभवलाई समेटेर प्रभावकारी नीतिनिर्माण हुनुपर्नेमा जोड दिए ।  अहिलेको शिक्षाविधेयकले समेत धेरै कुरालाई समेट्न नसकिरहेको उल्लेख गर्दै उनले त्यसमापनि छलफल अघि बढाउनुपर्ने आवश्यकताऔंल्याए । देशमा बालवाटिकाजस्ता निजी स्कुलहरूले गुणस्तरीय शिक्षाप्रदान गर्ने सन्दर्भमा महत्वपूर्ण भूमिका खेलेको पनि सो क्रममाउनले बताए । व्यक्तिभित्रआत्मविश्वास भर्न शिक्षाकै भूमिकाहुने उल्लेख गर्दै उनले सोहीअनुसार विद्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिए ।  उनले भने, ‘अव्यवस्थापनबाट नेतृत्व सम्भव छैन । मान्छेले नेतृत्वप्रदान गर्न त्यतिबेला सक्छ जति बेला उ आफैंव्यवस्थित हुन्छ । समयको सदुपयोग गर्ने सवालमाव्यवस्थित मान्छेले मात्रै प्रगति गर्न सक्छ ।’ अभिभावकले पैतृक सम्पत्ति जोडेर बालबच्चाको भविष्य सुनिश्चित हुन्छ भन्ने नसोच्ने धारणा राख्दै पौडेलले संसारमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउनकालागिविद्यालयले मात्रै नभई अभिभावकले पनिपहलकदमीलिनुपर्ने बताए ।
 

शनिबार ३ चैत २०८० ०७:५३ PM मा प्रकाशित

प्रतिक्रिया