दिउँसो र राति देशका अधिकांश भागमा वर्षा हुने

काठमाण्डौँ - हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

बिहीबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। त्यस्तै, देशको पहाडी तराईका भूभागका केही स्थानमा दिउँसोतिर मेघगर्जन र चट्याङ्गसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति भने देशको पहाडी भू भागहरूमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिकहल्का वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ।