बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुदै छ कारोबार

काठमाडौं - बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको  छ । बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँ पुगेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ५ रुपैयाँ पुगेको छ । बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।