images

‘विदेशमा रहेका नेपालीप्रतिराज्यसंवेदनशील’

काठमाडौं । इजरायल–प्यालेस्टाइन द्वन्द्वहोस्वा रुस–युक्रेन, नेपालीदुवै द्वन्द्वबाट प्रभावितभएका छन् । मुलुकमा रोजगारी सहजनहुँदाविदेश जाने चलननयाँथिएन तर सरोकार नै नभएको युद्धमा नेपाली पर्नुलाई गम्भीररुपमा हेरिएको छ । यस सन्दर्भमा नेपालको सरोकारवालानिकायहो परराष्ट्र मन्त्रालय । भर्खरै उक्तमन्त्रालयको नेतृत्वको जिम्मेवारीबाट हटेका कांग्रेस नेताएनपी साउदविपत्मा परेका नेपालीको उद्धारमा सरकारको तदारुकतामाथिप्रश्न उठाउने ठाउँ नभएको बताउँछन् । इजरायलनेपालीश्रमिककालागिआकर्षक गन्तव्यहो । कतिपयकेयर गिभरका रुपमार कतिपय कृषि क्षेत्रमादक्षता बढाउन पुगेका हुन्छन् । पढेलेखेका नेपालीयुवाहरु त्यहाँलर्न एण्ड अर्न कार्यक्रमकालागिपुगेका हुन्छन् । इजरायलले आफ्नो मुलुकको कुलजनसंख्याको २प्रतिशत जनसंख्यालाई कृषि क्षेत्रमा परिचालन गरेर राम्रो निर्यात गर्ने गरेको छ । ‘त्यहाँ स्वतन्त्रताभएपनिहमासले एकाएकआक्रमण ग¥यो । प्यालेस्टाइनी समूहको आक्रमणमा १० जना नेपालीनागरिकले ज्यानगुमाए एक जनाकञ्चनपुरका विपिन जोशीको अवस्थाअझै अज्ञात छ । हमासकागतिविधिआतंकवादीहो । कयौंअहिले पनिबन्धक छन्,’ साउदले भने,‘मैले विपिनलाई छुटाउन निकै कूटनीतिक पहल गरँे र पनि छुटाउन सकिएन । अब छिटैकतारका राजानेपाल भ्रमणमा आउँदैहुनुहुन्छ । मैलेपहल जारी राखेको छु । विश्वास छ चाँडै नै विपिनभाई घर फर्किने छन् ।’नेपालको २० प्रतिशतनागरिक विदेशमा छन् । उनीहरुले समस्याको बेलामा राज्यले साथनदिएको प्रतिक्रिया दिन्छन् । उनीयसमा सहमति जनाउँछन् । ‘रुसको हकमा के भने नेपालले अहिलेसम्म दुई देशसँगमात्र सेना भर्ना गर्नेगरि सम्झौता गरेका छौं । एउटा ब्रिटेन र दोस्रो भारत । अरु कुनैपनिदेशमानेपालीलाई अनुमतिदिन सक्दैनौं,’ उनले भने,‘अवैधानिक बाटोबाट गएको पाइएको छ । आकर्षक प्रलोभनमापारेर लगिएको छ । मैले मेरो कार्यकालमा रक्षा सचिव, गृह सचिव र गृहमन्त्रालयसँग छलफल राखेर जानकारी लिएँ । हामीले रुसमागएका नेपालीनागरिकलाई फिर्ताल्याउने रणनीति बनायौं । पछि रुस सरकारसँग लिखितदियौं ।’उनकाअनुसार सुरुमा रुसले नै पाँचजना नेपालीकाबारेमा जानकारी दिएको थियो, जो रुसी सेनामाभर्नाभएर मारिएकाथिए। ‘पछि हामीले रुसी सेनामाभर्ती भएका नेपालीनागरिकलाई फिर्ता पठाइदिन र युद्धमा मृत्यु भएकाकापरिवारका लागिआवश्यकक्षतिपूर्तिकालागिपहल गरिदिनपहलग¥यौं,’ पूर्वमन्त्री साउद सुनाउँछन्,‘हामी रुसी सेनामाभर्ना भएका परिवारलाई मन्त्रालयमा स्थापना गरिएको कन्सुलर डिपार्टमेन्टमा उनीहरुको पासपोर्ट नम्बर, नागरिकतानम्बर लगायतको विवरणउपलब्ध गराउनकालागिआग्रहग¥यौं ।’त्यसपछि रुस जाने नेपालीकालागि ‘नो अब्जेक्सन लेटर’आवश्यकहुने प्रक्रियाबनाएको उनले बताए । ‘छात्रवृत्तिमा पढिरहेका विद्यार्थी, सरकारी कामकाजकालागिजाने नागरिक बाहेकलाई हामीले रुस प्रवेशमा कडाइ ग¥यौं । अहिले रुस जाने नेपालीहरुको संख्या नियन्त्रण मात्रभएको छैन, खुम्चिएको छ,’ उनी भन्छन्,‘यो बीचमा रुससँगको सम्बन्धविस्तारका लागि महत्वपूर्ण कार्य गर्न हामी सफलभएका छौं । मैले वार्ता गर्दा आफ्नो राम्रो कूटनिितक सम्बन्धभएको देशमा सेनामाभर्ती भइज्यानगुमाएका नेपालीको शव छाडिदिने अडान थियो । तर हामीले नेपालमै उपलब्ध गराइदिनमाग गरेका हौं ।’फर्किन इच्छुकको करार भंग गर्न रुसलाई सैद्धान्तिक सहमति गराएको उनले उपदध्किा रुपमालिनुपर्ने बताए। ‘तर नेपालफर्काउने कुरा चाहिँ चरणबद्ध रुपमा पठाउने भनेको छ,’ उनले भने ।अबभर्ना  हुने नागरिककालागि सैद्धान्तिक सहमति गर्न भने रुसले असलमल गरेको उनको भनाइछ । ‘एउटा नोटिस हामीले के गर्नुपर्छ भने रुसी सेनामा नेपालीनागरिक मात्र छैनन् । भारत, श्रीलंका, बंगलादेशलगायतकापनिछन् । तर नेपालले जतिआवाज कसैले उठाएको छैन,’उनले भने,‘६० जनालाई त हामीले नेपालल्याइसकेका छौं । अहिले पनि म चुनौतीका साथभन्न चाहन्छु दसौं देशकानागरिक रुसी सेनामाभर्ना भएकाविषयमा नेपालबाहेक कुनै देशले यतिप्रयत्न गरेरआफ्नो नागरिकको सुरक्षाग¥यो? कोहीतथ्यसंगत भन्नसक्छ भने म नतमस्तकहुनेछु ।’
 

शनिबार ३ चैत २०८० ०७:५५ PM मा प्रकाशित

प्रतिक्रिया