भारतबाट बढेर आयो ईन्धनको मूल्य,प्रतिलिटर मूल्य कति ?

काठमाडौं - भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजल दुवैको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार पट्रोलमा करिब साढे ६ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेर आएको नियमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।