images

वीरगञ्जमा पानीको आपूर्ति गर्न मधेश प्रदेश सरकारद्वारा वारुणयन्त्र र ट्याङ्कर परिचालन 

जनकपुर । वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ ।प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसंग रहेको ८ वटा वारुणयन्त्र, खानेपानी संकटवाट अति प्रभावित क्षेत्रमा बुधबार ९आज० पठाइएको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले वारुणयन्त्रहरुलाई प्रभावित क्षेत्र तर्फ पठाउन निर्देशन दिँदै खानेपानी समस्या समाधानमा पूर्ण रूपमा सरकार क्रियाशील रहेको जानकारी दिए ।एउटा वारुणयन्त्र ५ हजार लिटर गरी ८ वटा वारुणयन्त्रवाट एकपटकमा ४० हजार लिटर खानेपानी आपुर्ति गरिने मुख्यमन्त्री सिंहले बताए । खानेपानी समस्या रहेको स्थानमा उक्त वारुणयन्त्रहरु २४  सौं घण्टा परिचालित रहने छ । सो वारुणयन्त्र प्रदेश सरकारको व्यवस्थापन र नेपाली सेनाले संचालन गर्नेछ ।यस अघि प्रदेश सरकारले वन कार्यालयको तीन वटा ट्याङ्कर खानेपानी आपूर्ति गर्न परिचालित गरिसकेको छ । यसै गरी खानेपानी समस्या रहेका अन्य क्षेत्रहरुमा नेपाली सेनासंग समन्वय गरी ७ वटा ट्याङ्कर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए । सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको उनको भनाई छ । विद्यमान समस्या समाधानका लागि प्रदेश सरकारले संघीय सरकार, स्थानीय सरकारहरु र मानवीय सहायतामा क्रियाशील दातृ निकायहरुसंगको सवन्मयमा साधनस्रोतको अधिक्तम प्रयोग गरी नागरिकको समस्या समाधान गर्ने तर्फ प्रयत्नशिल रहेको मुख्यमन्त्री सिंहले बताए ।
 

बुधबार १ साउन २०८२ ०४:१५ PM मा प्रकाशित

प्रतिक्रिया