सूर्य नेपालको नयाँ ब्राण्ड ‘मंगलदीप सयपत्री बजारमा, कति छ मूल्य ? 

 काठमाडौँ - नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रा।लि। ले आफ्नो नयाँ उत्पादन मंगलदीप सयपत्री ९मेरिगोल्ड० पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ ।

हरेक पवित्र अवसरलाई लक्षित गरी कमपनीले आकर्षक प्याकेजिङ्गले रहेको सयपत्री अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटीहरू रहेका उक्त अगरबत्ती बजारमा ल्याएको हो । 

कम्पनीले सयपत्री अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य ५० रुपैयाँ कायम गरेको छ। सो अगरबत्तीमा सयपत्री फुलको सुगन्ध भएकोले हरेक शुभ कार्यका निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

उक्त अगरबत्तीले उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदीप ब्राण्डको छवि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ । दैनिक पूजामा प्रयोग हुने सयपत्री फुलको सुवासले यो अगरबत्ती सुसज्जित रहेको छ। कलात्मक कौशलले बनाइएको, सयपत्री अगरबत्ती को प्याकेजिङ्ग उच्चस्तरीय रहेको छ।