काठमाडौं । कृषि उत्पादनको सूचकाङ्कमा वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूचकाङ्क अनुसार, आर्थिक वर्ष ९आव० २०८२÷८३ को पहिलो त्रैमासिकमा समग्र कृषि उत्पादन मूल्य सूचकाङ्क १९३।७२ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा २।५ प्रतिशतले वृद्धि भएको हो ।विशेषगरी अण्डाको मूल्य सूचकाङ्कमा सबैभन्दा उच्च वार्षिक वृद्धि दर ९।५ प्रतिशत देखिएको छ । यसबाहेक, वर्षे मकैको मूल्यसूचकाङ्क ३।८ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, माछाको ३।६ प्रतिशत र अन्नबालीको ३।१ प्रतिशतले वृद्धि भएको छ ।धान र दूधको मूल्य क्रमशः २।४ प्रतिशतको वृद्धि दरसहित स्थिर रहेको छ । तर मसला बालीको मूल्य वृद्धिदर ०।८ प्रतिशत मात्र रहेको छ, जसले यस क्षेत्रमा केही स्थिरता देखाउँछ ।फलफूल बाली र तरकारी बालीमा क्रमशः ०।८ र ०।२ प्रतिशतको मामुली वृद्धि भएको छ । पशु र पंक्षीको मूल्य क्रमशः १।१ र ०।७ प्रतिशतले बढेको छ । कार्यालयका अनुसार, यस सूचकाङ्कले नेपालमा कृषि उत्पादनको मूल्य वृद्धिको दिशा र कृषि बजारको प्रवृत्ति बुझ्न सहयोग पुयाउनेछ ।
प्रतिक्रिया