धाप बाँध निर्माणले बागमती स्वच्छ हुने

काठमाण्डौँ - बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको धाप बाँध आयोजनाको उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिका–१, शिवपुरी÷नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्मित सो बाँध सुन्दरीजलबाट २१ किलोमिटर दूरीमा अवस्थित छ ।

उपप्रधानमन्त्री  एवं  ऊर्जा,  जलस्रोत  तथा  सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले बिहीबार शिला अनावरण तथा ढोका खोलेर सो बाँधको उद्घाटन गरे । प्रतिसेकेन्ड चार सय लिटरका दरले पानी छोडिएसँगै  महाशिवरात्रिको  अवसरमा  बागमती  नदीमा जलप्रवाह बढ्नुका साथै पानी थप सफा हुने विश्वास गरिएको छ ।

चौबीस मिटर अग्लो बाँध निर्माण गरी बर्सातको पानी सङ्कलन गरेर बाँकी समयमा  आवश्यकताअनुसार  क्रमशः  छाड्ने  र  बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गरिएको यस ड्यामको आठ लाख ५० हजार घनमिटर पानी भण्डारण गर्ने क्षमता रहेको छ ।

त्यसैगरी  यस  बाँधमा  मुख्य  ड्याम  एउटा,  सहायक  ड्याम  तीनवटा,  ड्यामको  उचाइ  २४  मिटर,  ड्यामको  माथिको  लम्बाइ  १७५  मिटर  र  तालको कुल क्षेत्रफल १२ हेक्टरमा फैलिएको छ । यस ड्यामको निर्माण गोन्जाउ÷रमन÷लामा ९संयुक्त० निर्माण कम्पनीले गरेको हो । यो ड्याम निर्माणका लागि २०७१ पुस ३ गते बोलपत्र आह्वान र ठेक्का सम्झौता २०७२ असोज २२ गते गरिएको थियो ।

यो ड्याम निर्माणका लागि ५१ करोड सात लाख ५२ हजार रुपियाँमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म यस ठेक्काअन्तर्गत कुल ४९ करोड १० लाख रुपियाँ खर्च भइसकेको सो आयोजनाले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।