काठमाडौं । जनता समाजवादी पार्टी नेपाल ९जसपा नेपाल० का अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहलाई मधेशको आत्मसम्मानसँग जोड्दै त्यसको राजनीतिक महत्वबारे टिप्पणी गरेका छन् । अध्यक्ष यादवले सामाजिक सञ्जालमा लेख्दै मधेश जनविद्रोह केवल आन्दोलन नभई मधेशको आत्मसम्मानको घोषणापत्र भएको उल्लेख गरेका हुन् ।उनले गोली, दमन र षड्यन्त्रकाबीच अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै मधेशको वास्तविक प्रतिनिधि भएको दाबी गरेका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेश जनविद्रोह केवल आन्दोलन थिएन, त्यो मधेशको आत्मसम्मानको घोषणापत्र थियो । गोली, दमन र षड्यन्त्रकाबीच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेशको वास्तविक प्रतिनिधि हो ।शहिदहरूको बलिदानले बनाएको संघीयताको आधारलाई कमजोर पार्न खोज्नेहरू धेरै छन्, तर त्यसको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ ।’यादवले शहिदहरूको बलिदानबाट स्थापित संघीयताको आधारलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाए । उनले संघीयताको रक्षा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको दाबी गरेका छन् । उनले मतदातालाई आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्व सुनिश्चित गर्ने शक्तिलाई समर्थन गर्न आह्वान गर्दै विभाजन र भ्रमभन्दा माथि उठ्न आग्रह गरेका छन् ।
प्रतिक्रिया