images

भृकुटीमण्डपमा फुड फेस्टिभल हुँदै

काठमाडौँ । विश्वभरका नेपाली सेफहरू काठमाडौंमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौं आएका हुन् । बुधबारसम्म दर्जनौँ सेफहरू आइसकेको र यो क्रम जारी नै रहेको बताइएको छ । नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि भन्दै सोसाइटीले वैशाख ६ गते भृकुटीमण्डपमा फुट फेस्टिभल गर्न लागेको हो । त्यसका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको सोसाइटीका संयोजक अरुण अधिकारीले जानकारी दिए । उनले कार्यक्रमलाई सेफहरूको कुम्भमेलाको रूपमा चित्रित गर्दै सोहीअनुसार विश्वभरबाट करिब ५०० हाराहारीका सेफहरू नेपाल आउने अपेक्षा गरिएको दाबी गरे । विश्वका विभिन्न विश्व चर्चितसहितका होटलहरुमा नेपाली सेफहरू कार्यरत रहेका छन् । आफ्नो पाककलाबाट आफूलाई अब्बल साबित भइसकेका उनीहरू यहाँ भेला भएर नेपालमा पाककलाको प्रवद्र्धनमा भूमिका खेल्ने बताइएको छ । फेस्टिभलअघि बिहीबार अन्तर कलेज कुकिङ कम्पिटिसन समेत गर्ने तय भएको छ । यस्तै ६ गतेको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुतिका साथै कुकहरूले आफ्नो कला कौशल प्रदान गर्नुका साथै विश्वभरका उत्कृष्ट नेपाली सेफहरूलाई अवार्ड समेत प्रदान गर्ने तय भएको छ । अधिकारीका अनुसार कार्यक्रमको उद्घाटन पर्यटन मन्त्री बद्री पाण्डेले गर्ने तय भएको छ । अहिले सेफ सोसाइटी कार्यक्रमलाई सभ्य र भव्य बनाउन लागिपरेको भन्दै उनले त्यहाँ रहने विभिन्न परिकारका स्टलहरू अवलोकन गर्न सबैसँग अनुरोध गरे । अधिकारीका अनुसार सोसाइटीको शाखा ३८ देशमा शाखा रहेको छ भने जसमध्ये १६ वटा देशहरूमा कमिटी बनिसकेको र बाँकी देशहरूमा टिम विस्तारको काम भइरहेको छ । उनका अनुसार २०१८ मा सेफ सोसाइटी युएईबाट सुरु भएको थियो । नेपाली सेफ सोसाइटीका अध्यक्ष एलबी कौशलका अनुसार नेपालको कानुनअनुसार समेत सोसाइटी दर्तामा छ । अन्तर्राष्ट्रिय नाम राख्न नेपाली कानुनले नदिएकाले अहिले नेपाली सेफ सोसाइटीको नाममा संस्था दर्ता भएको बताए । अन्तर्राष्ट्रिय सेफ सोसाइटी या नेपाली सेफ सोसाइटी सबै एउटै अंग भएको बताए। सोसाइटी पाककला क्षेत्रको विश्वव्यापी बजारीकरण गर्ने उद्देश्यले स्थापना गरिएका संस्था हो । हाल सम्म यसमा  ३५ हजार भन्दा बढी नेपाली सेफहरू स्वदेश तथा विदेशमा कार्यरत रहेको दाबी गरिएको छ । यस्तै संस्थामा ५ हजार भन्दा बढी सेफहरू संस्थागत सदस्य छन् । नेपालको पर्यटन प्रवद्र्धनका लागि आयोजित फुड फेस्टिभलबाट नेपाली सिस्नो र ढिँडोका साथै सबै नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । यस्तै नेपाली पर्यटन समेतको प्रवद्र्धन, नेपाली सेफहरूको सीप र क्षमताको प्रदर्शन, नेपाली कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । फेस्टिभलमा ५० वटा स्टल, ९४० वटा खानाका ५ वटा रैथाने बाली नालीको प्रदर्शन, ५ वटा पर्यटन जानकारी० रहनेछन् । खानाका स्टलमा विभिन्न जात जातिको खाना ९नेवारी, थारु, राई लिम्बु, थकाली, आदि०को रहने अधिकारीले बताए । यस्तै मोमो, चाउमिन, सेलरोटी, खिर, हलुवा, पूवा, सिस्रोको सुप, दाल, तरकारी, अचार, ढिंडो सेट, मही, दही, घिउ, मह, मिठाई, अकबरे खुर्सानी, फलफूल, आदिको स्टल पनि रहनेछ । उसो त सेफ पेसालाई सम्मानित र मर्यादित बनाउन तथा यसको वृहद प्रचारप्रसार गर्ने समेत आफूहरूको उद्देश्य रहेको भन्दै उनले पहिलो पटक हुन लागेको यो वृहद कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग रहनेमा आफू विश्वस्त रहेको बताए । सोही कार्यक्रमबाट अन्तर्राष्ट्रिय सेफ सोसाइटीको नयाँ कार्यसमिति समेत चयन गरिने बताइएको छ । हाल अधिकारी संयोजक रहेकामा पहिलो महाधिवेशनबाट नेतृत्वसहितको कार्यसमिति घोषणा गरिने बताइएको छ ।
 

बिहीबार ४ बैशाख २०८२ १०:०५ AM मा प्रकाशित

प्रतिक्रिया