१६ वर्षीया युवतीले गरिन् सगरमाथाको सफल आरोहण

काठमाडौं - यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छिन्।

चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान ५:४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् ।