images

आज दुई वटा संसदीय समितिको बैठक बस्दै 

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका कानुन, न्याय तथा मानव अधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।मंगलबार बिहान साढे ८ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सिंहदरबारमा बस्दैछ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गरिदैछ । यससाथै मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल गरिने बैठकको कार्यसूची रहेको छ । यस्तै, आज दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ८० औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ ।   

 

मङ्गलबार ३ असार २०८२ १२:१० PM मा प्रकाशित

प्रतिक्रिया