images

अब नेपालमा पनि एन.जि .ओ, आइ.एन.जि .ओ, प्राईभेट कम्पनी र अर्ध सरकारी सस्ंथाले ई–टेण्डरको सुविधा सजिलै लिन पाउने

काठमाडौ । नेपाल भरीका सम्पूर्ण बोलपत्र सम्बन्धी सूचना दिने बेवसाइट बोलपत्र नेपालमा नयाँ सेवा थपिएका छन् । राष्ट्रिय पत्रिकामा प्रकाशित बोलपत्र सम्बन्धी सूचना एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको यो वेबसाइटमा निजी बोलपत्र (प्राइभेट टेन्डर) र ई—बिडिङ तथा ई—भेन्डर लिस्टिङ सेवा थपिएका छन् । 

यससँगै अब निजी तथा सार्वजनिक कम्पनीहरूले आह्वान गर्ने ठेक्काहरू समेत बोलपत्र नेपालमा उपलब्ध हुनेछन् । यो काम निजी कम्पनीहरूले निशुल्क रुपमा प्रयोग गर्न पाउने बोलपत्र नेपालका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक अमरप्रताप सिंहले बताए । उनका अनुसार भौतिक रुपमा हुने बोलकबोल र सूची दर्ता प्रक्रियालाई समेत बेवसाइटमा अनलाइन मार्फत् गर्न सकिने बनाइएको छ । यससँगै कम्पनीहरूले जारी गर्ने बोलपत्रमा अनलाइनबाटै निर्माण कम्पनीहरूले बोलकबोल गर्न सक्नेछन् । सिंहले इबिडिङले कम्पनीहरूको समय र पैसा बचत गर्न सघाउने बताए । साथै निष्पक्ष रुपमा छिटो र छरितो तरिकाले बोलपत्रको काम सम्पन्न हुने उनको भनाइ छ ।

सोमबार ४ असार २०८१ ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया