बैंकहरुले प्रकाशित गरे भदौ महिनाको नयाँ ब्याजदर, अधिकतम कति प्रतिशत पुग्यो ? (सुचिसहित)

काठमाडौँ - वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् ।

नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन् । कुनै बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६ प्रतिशत देखिएको छ । कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया लगायतका बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएका हुन् । 

 संस्थागत तर्फ यी बैंकहरुले अधिकतममा ८.८९६ प्रतिशतका दरले ब्याज दिने भएका छन् । एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया लगायतका बैंकहरुले भने साउन महिनाको तुलनामा ब्याजदर घटाएका छन् । सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । सो बैंकको मुद्दति निक्षेपमा अधिकतममा ८.९२ प्रतिशत ब्याज दिने भएको छ । संस्थागत तर्फभने सो बैंकले ६.९२ प्रतिशतका दरले ब्याज दिनेछ ।