आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १५ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३१ पैसा र बिक्री दर १७० रुपैयाँ ०८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।