images

एभरेष्ट वुमन भलिबल लिग’को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग ९ईडब्लुभिएल०को ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न भएको छ ।‘कर्णाली यश्विज’ द्वारा आयोजित ‘ट्रफि टुर’ कर्णाली प्रदेशको राजधानीबाट सुरु गरिएको थियो । पहिलो पटक हुन लागेको यस फ्रेन्चाइज लिगको ट्रफी मंगलबार सुर्खेतस्थित नमस्ते नेपाल हलमा अनावरण गरिएको थियो । ‘ट्रफी अनावरण’ समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह प्रमुख अतिथिको रुपमा उपस्थित थिए । त्यसैगरी, भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा कर्णाली प्रदेश भलिबल संघको अध्यक्ष, भलिबल संघको केन्द्रिय सचिव, सदस्य, प्रशिक्षक, खेलाडी मिना सुनुवार, लगायत खेलाडी, विद्यार्थीहरु तथा भलिबल प्रेमीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । ‘अब पालो महिलाको’ स्लोगनसहित सुरु भएको ुएभरेस्ट वुमन्स भलिबल लिगुको ‘कर्णाली यश्विज’लाई रमेश कर्पोरेसनले हेर्दै आईरहेको छ । रमेश कर्पोरेसनले खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ  ‘कर्णाली यश्विज’ टिमलाई स्वामित्व गरेको हो । कर्णालीमै ट्रफीको अनावरण हुनुले खेलाडी र कर्णालीमा रहेका भलिबल प्रेमीहरुमा थप उर्जा थपेको ‘कर्णाली यश्विज’को अध्यक्ष सुशिल गुप्ताको भनाइ छ । ‘कर्णाली यश्विज’ टिमप्रति विदेशी खेलाडीहरुको

बुधबार २ असोज २०८१ ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया