images

रेडपाण्डा अध्ययन र अवलोकन गर्न आउनेको संख्या बढ्यो, विदेशीलाई विशेष चासो

इलाम । विश्वका सिमित देशमा मात्रै पाइने रेडपाण्डा हेर्न इलामका उच्च पहाडी क्षेत्रमा पर्यटक पुग्ने क्रम बढेको छ ।सन्दकपुर गाँउपालिकाको दोबाटेमा अमेरिका, अस्टे«लिया, न्यूजिजल्याण्ड, भारत, बंगलादेशका पर्यटकहरु रेडपाण्डा अध्ययनमा पुग्ने गरेका छन् ।दोबाटेबाट नजिकै रहेको कैयाकट्टामा पनि रेडपाण्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ । सिंहलिला कंचनजंघा क्षेत्रमा पर्ने इलामको उत्तरी क्षेत्र रेडपाण्डाको बासस्थान हो ।नेपाल, भारत, भुटान, चीन र म्यानमारमा मात्रै पाइने रेडपाण्डा हेर्नकै लागी बिभन्न मुलकका पर्यटकहरु इलामका उच्च पहाडी क्षेत्रमा पुग्ने गरेका इलामका पर्यटनकर्मी तथा पत्रकार सुजन तिम्सीनाले जानकारी दिए ।
 

आइतबार​ ६ बैशाख २०८३ ०६:०३ PM मा प्रकाशित

प्रतिक्रिया