images

सप्तरीबाट १३ जना सडकआश्रित मानिसहरुको उद्धार

राजविराज । मेचीमहाकाली राष्ट्रिय उ्द्धार यात्राको पाँचौ दिनशुक्रबार मधेशप्रदेशको सप्तरीबाट १३ जनाको उद्धार भएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहितमानवसेवाआश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्तआयोजनामायात्रा सुरु भएको हो । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार राजविराजनगरपालिका वडा–७ बाट ४ जना, वडा–६  बाट ३ जना र  वडा–१ बाट १ गरि ८ जना र त्यस्तै सप्तकोशीनगरपालिका–१ बाट ५ जनाको उद्धार गरिएको हो । उद्धार गरिएका ११ जनापुरुष र २ जनामहिलालाई शुक्रबार नैमानवसेवाआश्रम सर्लाही सेवाकेन्द्रमा गृहप्रवेशकालागिलगिएको छ । उद्धार टोलीशनिबार लहान र जनकपुरधाम क्षेत्रमा  बेवारिसे अवस्थामा रहनुभएकामानवहरुको उद्धार सेवामा रहनेछ । उद्धार यात्रा टोलीतथा स्थानीयजनप्रतिनिधिहरुद्वारा शुक्रबार बिहान संयुक्त रुपमा सचेतनामूलक ¥यालीप्रदर्शनसहित राजविराजनगरपालिकाको परिक्रमागर्दै नगरपालिकाको प्राङ्गणमा जम्माभई राष्ट्रिय उद्धार यात्राको उद्देश्यबारे जानकारी गराइएको थियो । मानवसेवाआश्रमका संस्थापकअध्यक्ष रामजीअधिकारीज्यूले चाडपर्वको समयमा सडकआश्रित मानवहरुको उद्धार गरी उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउने उद्देश्यका साथयात्रा सुरु गरिएको बताउँदै सहयोगकालागि सरोकारवाला सबैलाई आग्रह समेत गरे । 
 

शनिबार ३ कात्तिक २०८१ ११:०२ AM मा प्रकाशित

प्रतिक्रिया