images

खो खो विश्व कपमा नेपाली पुरुष टोलीबन्यो उपविजेता 

काठमाडौं । खो खो विश्व कपमा नेपाली पुरुष टोली उपविजेता बनेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतबार आयोजक भारतसँग ५४–३६ ले पराजित हुँदै नेपाल उपविजेता बनेको हो । नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२–२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो । शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७– १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । समूह चरणमा नेपाल भारतसँग नै पराजित भएको थियो । नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो । समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो । नेपाल भारतसँगको आफ्नो खेलमा ४१–३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४– ८ र पेरुलाई ८०–३४ लाई र भुटानलाई ९८–८ ले  हराएको थियो । यसैगरी महिला नेपाली टोली पनि उपविजेता बनेको छ ।


 

सोमबार ७ माघ २०८१ ०८:५१ AM मा प्रकाशित

प्रतिक्रिया