काठमाडौं । काठमाडौं रानीबारी बस्ने सर्जु महर्जन नाम गरेका एक व्यक्तिले विभिन्न व्यवसायिक प्रयोजनका लागि महंगो मूल्यका क्यामेरा भाडा लिएर गायब गर्नेगरेको पाइएको छ ।क्यामेरा वा अन्य महंगा उपकरणहरु भाडामा दिने गरेका संस्था र व्यक्तिहरुबाट महर्जनले प्रक्रिया पूरा गरेर भाडामा लिने तर फिर्ता नगरी गायब गर्ने गरेको पाइएको हो । गत फागुन २ गते केही साताका लागि भनेर काठमाडौंको थापागाउँस्थित फिल्मक्रिउ नेपालबाट एफएक्सथ्री एक थान क्यामेरा, २४÷७० को लेन्स साथै सोनी ब्राण्डको ७०÷२०० एमएमको लेन्सलगायतका करिब १२ लाख बराबरको उपकरणहरु भाडामा लिएर फिर्ता नगरेको फिल्मक्रियू नेपालका संचालक विष्णु कल्पित घिमिरेले जानकारी दिए ।
‘सम्पूर्ण कागजात र कबुल गरेर उहाँले तीन महिना अघि क्यामेरा लैजानुभयो । आजसम्म फिर्ता गर्नुभएको छैन् । फिर्ता गर्छु भनेर आश्वासन मात्र दिइरहनुभएको छ । तर हामीले पाएको सूचना अनुसार उहाँले सस्तो मूल्यमा क्यामेरालागायत सबै उपकरण विक्री गरिसक्नुभएको छ रे’, उनले भने,‘हामी प्रहरीलाई उजुरी दिने तयारीमा छौं ।’महर्जनले अर्का एक जना अनोज पाण्डेबाट पनि ए–सेभेन एसथ्री क्यामेरा र २४÷७० एमएमको लेन्च गरी ६ लाख मूल्य बराबरको उपकरण फिर्ता नगरेको पाइएको छ । त्यसअघि महर्जनले एक अर्का व्यक्तिको पनि क्यामेरा गायब बनाउने तयारी गरेपछि सामाजिक संजालमा सूचना सार्वजनिक गरेपछि १५ दिन पछाडि फिर्ता गरेको पाइएको छ ।
यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता युवराज खड्काले क्यामेराको विषय लेनदेनको विषय भएकाले स्थानीय तहका प्रहरी प्रशासनले हेर्ने बताए । सीआइबीले अपराधसँग सम्बन्धित मुद्दालाई मात्र अनुसन्धान गर्ने जानकारी दिए ।
प्रतिक्रिया