काठमाडौँ - नेपाल सरकारले भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नयाँ नक्साबारेमा बुझ्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्य तथ्य जानकारी लिन दूतावासलाई निर्देशन भइसकेको जानकारी दिएका हुन् । ।