काठमाडौंको ढुंगेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते

 काठमाडौँ - काठमाडौंको वनस्थली ढुंगेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

बालाजुबाट कलंकीतर्फ जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको गोरखा दरौंदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२ ०३७प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर हुने ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती रहेका छन् ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको जानकारी दिए ।