images

साफ यु–१७ च्याम्पियनसिप आजदेखि 

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप शुक्रबारदेखि भुटानमा सुरुहुँदै छ । दक्षिण एसियाका ७ देशका युवा टिमले यो प्रतियोगिता खेल्दै छन् । आज हुने उद्घाटन खेलमा भारत र बंगलादेश आमने सामने हुने छन् । उद्घाटन खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरुहुने छ । भारत गत संस्करणको उपाधि विजेता टोली हो । यसैगरी नेपालले आफ्नो पहिलो खेलमा शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । साफ यू १७ का लागि बुधवार भुटान उत्रिएसँगै अभ्यास गरेको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताएका छन् । 
नेपाली टिमले काठमाडौंमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गरे । टिमका सबै खेलाडी फिट रहेको बताउँदै २३ जनाबाट उत्कृष्ट प्लेयिङ सेट उतार्ने उनको भनाई छ । सन् २०२२ को साफ यू १७ मा उप विजेता भएको नेपालको लक्ष्य नै उपाधि रहेको उनको भनाई छ । नेपाल र पाकिस्तानबीचको खेल शनिबार पौने २ बजे चाङ्लिमिथिाङ रंगशालामा हुने छ ।
 

शुक्रबार​ ४ असोज २०८१ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया