images

कांग्रेस–कम्युनिस्टका कारण मुलुकगम्भीर अवस्थामाःअध्यक्षयादव

जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालकाअध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुकगम्भीर अवस्थामापुगेको बताएका छन् । जनता समाजवादी पार्टी नेपालमहोत्तरी द्वारा आयोजित ुजनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माणु सम्बन्धीअनुगमनतथा समीक्षा बैठकलाई सम्बोधनगर्दै अध्यक्षयादवले सो कुरा बताएकाहुन् । काङ्ग्रेस कम्युनिस्टले ३५ वर्ष गरेको शासनको उपलब्धीकुशासन, भ्रष्टाचार,  विदेशी ऋृण थोपार्नु मात्र रहेको दावीगर्दै अध्यक्षयादवले उनीहरु विरुद्ध सडक र सदनदुवै मोर्चाबाट संघर्ष गर्नुपर्ने बताए । जिल्लाअध्यक्ष रामप्रकाशयादवको अध्यक्षतामा बसेको बिस्तारित बैठकमा पार्टीका महासचिव रामकुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा। सुरेन्द्र यादव, केन्द्रीय सदस्यदिपक झा गुड्डु, मधेस प्रदेश समितिअध्यक्षबालकिशोर यादव सहितकावक्ताहरुले पार्टीद्वारा जारी ४ महिने आधारभूत संगठन निर्माण अभियानको सन्दर्भमा जारी गतिविधिहरु बारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
 

आइतबार​ ४ कात्तिक २०८१ ०८:०४ AM मा प्रकाशित

प्रतिक्रिया