images

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा(एमाले)को सचिवालय बैठक आज बस्दै छ । साँझ ५ बजेका लागिबोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपीशर्मा ओलीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक छलफल हुने बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन् ।
 

आइतबार​ ४ कात्तिक २०८१ ०८:०२ AM मा प्रकाशित

प्रतिक्रिया