images

दोलखा समाज जापानद्वारा सेईमेई होकेन (जीवन बीमा) सम्बन्धी सेमिनार आयोजना गर्ने

ओसाका, जापान । दोलखा समाज जापानले जापानमा रहेका दोलखा जिल्लाबासीहरुको लागि सेईमेई होकेन जीवन बीमा सम्बन्धी जानकारीमूलक सेमिनार आयोजना लागेको छ । गम्भीर रोग, आकस्मिक दुर्घटना वा  मृत्यु जस्ता कठिन अवस्थामा नेपाली समुदायले सामाजिक सञ्जालमार्फत सहयोग गर्दै आएको सन्दर्भलाई ध्यानमा राख्दै दोलखा समाज जापानले दीर्घकालीन  समाधानतर्फ पहल थालेको हो। 

उपचार खर्च तथा परिवारको भविष्य आर्थिक रूपमा सुरक्षित बनाउने उद्देश्यले समाजले सेईमेई होकेन लाईफ इन्सुरेन्स सम्बन्धी जानकारीमूलक सेमिनार आयोजना आउदो वर्ष २०२६ को जनावरी १८ तारिक टोकियोमा गर्न लागेको समाजका अध्यक्ष संजिव पोखरेलले बताउनु भयो।

जापानमा धेरै नेपालीहरू कोकुमिन केन्को होकेन, शाकाई होकेन र कोयो होकेन जस्ता सरकारी तथा कम्पनीमार्फत उपलब्ध हुने स्वास्थ्य बीमामा आबद्ध छन्। तर गम्भीर रोग लाग्दा वा कसैको आकस्मिक निधन हुने अवस्थामा सेईमेई होकेन ९जीवन बीमा० को भूमिका अझै महत्वपूर्ण हुने भएकाले यसको आवश्यकता र महत्वबारे बुझ्नु अत्यन्तै जरुरी रहेको समाजले उल्लेख गरेको छ।

कार्यक्रममार्फत सेईमेई होकेनको महत्व, फाइदा र आवश्यकता बारे सहज रूपमा जानकारी गराइने समाजले जनाएको छ। समाजले यस कार्यक्रममार्फत जानकारी दिने र आवश्यक सहयोगकर्ताबीच मध्यस्तताको भूमिका कार्य गर्ने समाजका अध्यक्ष संजिव पोखरेलले जानकारी दिनु भयो । सेमिनारमा उपस्थित भई उपयोगी जानकारी लिनुहुन जापानभर रहेका सम्पूर्ण दोलखाली नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई दोलखा समाज जापानले हार्दिक अनुरोध गरेको छ।

शनिबार ५ पुस २०८२ ०५:४९ PM मा प्रकाशित

प्रतिक्रिया