भरतपुर ।तेस्रो संस्करणको पीएफसीइमर्जिङ कप–२०८१ क्वाटरफाइनलखेलहरु आज (मंगलबार) बाट सुरु हुँदैछन । क्वाटरफाइनलखेलअन्तर्गत आजदुई खेल हुनेछन । पहिलो क्वाटरफाइनलमादिउँसो १ बजे आदिकविभानुभक्तमाध्यमिकविद्यालय र पारिजातइंग्लिशबोर्डिङ स्कूल खेल्नेछन । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निकै रोमाञ्चकहुने अपेक्षा गरिएको छ । पारिजातइंग्लिशबोर्डिङ स्कूलले पहिलो संस्करणको विजेता सोमाङ जीव ऐकेडेमीलाई हराउँदै क्वाटरफाइनलमाप्रवेश गरेको हो । आज नै दोस्रो खेलमा ३ बजे अमर माध्यामिकविद्यालय र नारायणीपब्लिक स्कुलप्रतिस्पर्धा गर्न कार्यक्रम संयोजक सुमन सापकोटाले जानकारी दिए । आजको खेलमाजितनिकाल्ने टोलीउपाधिहोडकालागिबलियो दावेदार मानिनेछ । क्वाटरफाइनलकालागिअरूणोदयमाध्यामिकविद्यालय, शोमेश्वर माध्यामिकविद्यालय, नारयाणीनमुनामाध्यामिकविद्यालय र स्टेप बाइ स्टेप सेकेन्डरी स्कुलपनिप्रवेश गरेका छन् । बुधबार यीटिमले प्रतिस्प्रर्धा गर्नेछन् । जसअनुसार पहिलो खेल अरूणोदयमाध्यामिकविद्यालय र नारयाणीनमुनामाध्यामिकविद्यालयविचहुनेछ भने स्टेप बाइ स्टेप सेकेन्डरी स्कुल र शोमेश्वर माध्यामिकविद्यालयविच दोस्रो खेल हुने सापकोटाले बताए । शिक्षासँग खेलकुद जोड्ने उद्देश्यका साथनयाँ खेलाडीहरूको पहिचान गर्न पीएफसीइमर्जिङ कपआयोजनाहुदैँ आएको छ। पटिहानीफुटबलक्लबको आयोजनामा सुरु भएको यो प्रतियोगितामायसपटकचितवनका १६ विद्यालयहरू सहभागीथिए । खेल भरतपुर–१४ को सुन्दर बस्ती खेलमैदानमामाघ १२ गते सम्म हुने छ । प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँबराबरको खेलकुद सामग्रीपाउने छन् । यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्रीट्रफी, मेडल र प्रमाणपत्रपाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए । अनुशासितटिमलाई ५ हजारबराबरको खेलकुद सामग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्टगोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिकगोलकर्तालाई फुटबल सुजसहितप्रमाणपत्र र पुरस्कारको व्यवस्था गरिएको छ । पटिहानीफुटबलक्लबले स्थापनादेखि नै नयाँ खेलाडीउत्पादनकालागितालिमसँगै विभिन्नगतिविधिगर्दै आएको छ । यसअघिक्लबले शिक्षकहरूलाई प्रशिक्षकप्रशिक्षणतालिमप्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो । शिक्षासँग खेलकुद जोड्न विद्यालयबीचको यस अघिकाइमर्जिङ कपका संस्करणहरू निकै उपलब्धिमूलकभएकाले यसको निरन्तरता गरिएको क्लबकाअध्यक्षपोस्टराजतिमिल्सिनाले जानकारी दिए । यो प्रतियोगिताको प्रवद्र्धकका रूपमा भरतपुर महानगरपालिकावडानम्बर १४ र २२ रहेका छन् ।
प्रतिक्रिया