images

“ब्लु ब्वाइज युनियन”द्वारा,ओसाकास्थित नेपाली मन्दिरको सफाई सम्पन्न

ओसाका, जापान । चुरुमी रेउकुची पार्कमाभित्र अवस्थित नेपालको पहिचान बोकेको प्यागोडा शैलीको मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

जापानमा सक्रिय नेपाली युवाहरूको समूह “ब्लु ब्वाइज युनियन”का सदस्यहरूले अप्रिल १९ आइतबार उक्त मन्दिर क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेका हुन्। कार्यक्रमको नेतृत्व संस्थाका अध्यक्ष वासुदेव लामिछानेले गरेका थिए भने अन्य सदस्यहरूको पनि उल्लेखनीय उपस्थिति रहेको युनियनका सदस्य एवं समाजसेवी झरेन्द्र कुँवर ‘अन्जान’ले जानकारी दिए।

उक्त सरसफाइ कार्यक्रम स्थानीय वडा कार्यालयसँग अनुमति लिएर सञ्चालन गरिएको थियो। ओसाकाको चुरुमी वार्डमा रहेको यो मन्दिर नेपालको प्रसिद्ध पशुपतिनाथ मन्दिरको ढाँचामा निर्माण गरिएको हो। यस मन्दिरमा बिदाको समयमा धेरै नेपालीहरू घुमफिर तथा दर्शनका लागि पुग्ने गर्छन्।

मन्दिर रहेको क्षेत्रमा करिब २० भन्दा बढी विभिन्न देशका सांस्कृतिक संरचनाहरू समेत रहेका छन्, जसले यस स्थानलाई अन्तर्राष्ट्रिय सांस्कृतिक केन्द्रका रूपमा चिनाउँछ।

पछिल्लो समय जापानमा नेपाली समुदायसँग सम्बन्धित केही नकारात्मक गतिविधिहरू बढिरहेको अवस्थामा यस प्रकारको सामाजिक कार्यले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्दै अध्यक्ष लामिछानेले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

मङ्गलबार ८ बैशाख २०८३ ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया