images

सर्वसाधारणका लागि छिटै धरहरा चढ्ने वातावरण बन्छः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने भएको छ । बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिनुभयो । उहाँले संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताउनु भयो । उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको पनि बताउनु भयो । राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसको लागि काम शुरु गरिसकेको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेको छ । जुन तपाईंहरुले अपेक्षा गर्नुभएको छ । यो नयाँ शहररुको बारेमा के हुँदैछ ? यो धरहराको केही दिनमै कम्प्लिट पार्ट होइन, केही पार्ट इच्छुक हुने, धरहरा चढ्न चाहनेहरुको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ । संसदको भवन जुन छ, त्यसमा पनि म आउँदा कति प्रगति भएको छ भनेर सोधेँ । ८२ प्रतिशत त प्रगति भइसकेको छ । ८२ प्रतिशत प्रगति भएर के गर्नु ? त्यहाँ गएर पाल्र्यामेण्ट चलाउन सकिँदैन । सबै बनेर साउण्ड सिस्टम भएन भने कसरी चल्छ ? केही समस्या भए, अवरोध भए हटाउन केही सकिन्छ की भनेर लागिरहेका छौँ । ठेक्का लिएकाहरुले पनि समयसीमामा त बनाइसक्नुपर्छ नि । फोहोरमैलाकोमा पनि उपत्यका मेयर फोरमसँग पनि कुरा पटक पटक गरिसकेको छु । सबैले प्रयोग गर्ने तर जिम्मा कोही नलिने भन्ने भइरहेको छ । सबैको आइडिया लिइरहेका छौँ । एउटा निर्देशिका बनाएर फोहोरमैला के गर्ने भन्ने तयारी गरिरहेका छौँ । राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा म छु । राम्रो गर्न के गर्नसकिन्छ, म लागिरहेको छु ।’ 
 

बुधबार ५ भदौ २०८१ ०१:५५ PM मा प्रकाशित

प्रतिक्रिया