images

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा २०८० मा प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा २०८० मा प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ । जस अनुसार यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रा.डा वासुदेव त्रिपाठीलाई अर्पण गरिएको छ भने रमेश विकल-सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौँ लाई अर्पण गर्ने निर्णय गरिएको छ । यसैगरी रमेश विकल सृजना पुरस्कार माधव काफ्ले, रौतहट, रमेश विकल बालसाहित्य पुरस्कार रामबाबु सुवेदी, कास्की, रमेश विकल-सुशीला सङ्घर्षशील नारी पुरस्कार : सत्यदेवी खड्का, दैलेख र रमेश विकल कला-सङ्गीत पुरस्कार : सुवास गजुरेल,धनुषालाई प्रदान गरिने छ । पुरस्कार १५ अौं रमेश विकलस्मृति सभाका अवसरमा आगामी पुस ७ गते कोशी फुडल्याण्ड आरुबारीमा अर्पण गरिनेछ ।

मङ्गलबार ५ मंसिर २०८० ०२:०७ PM मा प्रकाशित

प्रतिक्रिया