images

नेपालमा कम्युनिष्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ ः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कोहीएकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा हुने गरेको बताएका छन् । सोमबार नेकपा स्थापनाको ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले साढे पाँच लाख सदस्य भएको एमालेमा कोहीएकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा चल्नेभएकाले एमाले सतर्क रहनुपर्ने र एमाले एकताबद्ध हुनुपर्ने जिकिर गरे । ‘यत्रो पार्टीमा पाँच लाख भन्दा बढि सदस्य छन् । कोही एक जनाले कहींकतै वोल्दाखेरी अलिकति जिब्रो चिप्लियो भनेसमाचार बन्छ । हंगामा चल्छ । बिभिन्न पक्षमा आशा पलाउन थाल्छ, यसमा सतर्क हुने कुरा मात्र हो ।’ उनले भने,‘नेकपा एमाले आज एकताबद्ध, एक ढिक्का छ र एकताबद्ध रहनेछ ।एमालेले आफ्नो काँधमा अभिभारा रहेको बुझेको छ । समृद्ध नेपाल सुखी नेपाली बनाउन हामीले गर्छौ भनेका छैनौं । अरु साथीहरुलाई पनि साथ लिएर गर्ने भनेका हौं । तर यसको अगुवाइ एमालेले गर्नुपर्छ ।हामीले पदको होइन विचारको अगुवाइ गर्दै आएका छौं । सरकारमा होस कि नहोस् ।’ उनले कम्युनिस्ट जन्मिएपछि राणा शासन अन्त्य भएको र  देशमा उथलपुथल भएर जनताले जित्दै आएको कुरा स्मरण गरे ।नेपालमा पनि कम्युनिस्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको बताए । उनले भने,‘कम्युनिस्टको जन्म भयो कि यहाँ राणा शासन विरोधी आन्दोलनदेखि राणा शासन फ्याँकिनेदेखि अनेक खालका उथलपुथल भइरहेका छन् । तर अन्तिममा जनताले जित्दैआएका छन् । गाउँतिरभन्छन् नि मेरो त छोरी जन्मिएपछि लाभैलाभ भएको छ । नेपालमा पनि कम्युनिस्ट पार्टी जन्मिएपछि लाभैलाभ भइरहेको छ ।’

सोमबार १० बैशाख २०८१ ०७:५३ PM मा प्रकाशित

प्रतिक्रिया