images

सक्रिय राजनीतिमाधकेलिंदै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासमै रहँदा सक्रिय राजनीतिमाआउनसक्ने अडकलबाजी शुरु भइसकेको थियो । कतिपयले त भण्डारीले शीतलनिवासबाटै एमालेको एउटा गुट संचालन गरिरहेको आरोप लगाउने गरेका थिए ।केहीहदसम्मत्यो सत्यपनिथियो । उनकै जोडबलमा मन्त्रीनियुक्तिदेखि अन्यनिकायमानियुक्तिको चलखेलहुने गरेको एमालेकै नेताहरु स्वीकार्ने गर्छन । त्यतिमात्रहोइनएमालेको आन्तरिक राजनीतिमा भण्डारीको आफ्नै स्वार्थ रहने गरेको चर्चा थियो । हाल भण्डारी निकट केपीशर्मा ओलीएमाले अध्यक्षभएकै बखतउनलाई पार्टी मुख्यालमै निम्ता गरेर गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरिएको छ ।  नेकपा स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा आयोजितहीरक महोत्सवमा भण्डारीलाई ओलीलगायतले सम्मान गरे । सम्मान समारोहमाउनले व्यक्त गरेका अभिव्यक्ति कम्युनिष्ट आन्दोलनमा देखिएको समस्याकाबारेमा केन्द्रितथियो । नेपाली कम्युनिस्ट आन्दोलन पटक–पटक फुट र विभाजनहुनुमा सिद्धान्त र विचारले कि पदीयआकांक्षा र अवसरवादभन्नेमा उनको जिज्ञासा थियो । उनको अभिव्यक्तिर सम्मानलाई लिएर कतिपयले भण्डारीलाई सक्रिय राजनीतिकानिम्ती ढोका खुकुलो बनेको अडकल शुरु भएको छ । एक बर्ष पहिले नै शीतलनिवास छाडेर आफ्नै नीजिनिवासमाबसाइ सरेकी भण्डारीले सरकारी सेवा सुविधानलिने घोषणा गर्नुलाई पनिविशेष अर्थमा हेरिएको थियो । जसका कारण ६१ बर्षीया भण्डारीलाई सक्रिय राजनीतिमाआउन सहजबनाइसकेको थियो । नीजिनिवास सर्दैगर्दा पनिउनका राजनीतिक सल्लाहकार लालबाबुप्रसाद यादवले अवकाशपछि राष्ट्रपति भण्डारीले राज्यबाट पाइने सेवा–सुविधानलिने निर्णय गरिसकेकाले समय र परिस्थितिअनुसार राजनीतिमाफर्किने निर्णय गर्न सक्ने बताएकाथिए । तर भण्डारीले सबैकुरा परिस्थितिले निर्धारण गर्ने बताउँदै आएकी छिन् । सोमबारको विशेष सम्मानमात्रहोइन भण्डारीलाई राजनीतिमाल्याउने प्रशस्तआधारहरु तय हुँदै गएका छन् ।  आउँदो जेठमा हुने राष्ट्रिय महिलाभेलामा भण्डारीलाई प्रमुखअतिथिबनाउने तयारी भइरहेको एमाले निकट स्रोतले बतायो । १६ र १७ जेठमा हुने २३ जनवर्गीय संगठनको राष्ट्रिय महिला भेला भण्डारीको प्रमुखआतिथ्यमा गर्ने निर्णय ५ वैशाखमै बसेको जनवर्गीय संगठन समन्वय संयन्त्रको बैठकले गरिसकेको बताइन्छ । एमालेभित्रको ओली खेमा पनि भण्डारीलाई सक्रिय राजनीतिमाल्याउन जबरजस्तप्रयास गरिरहेको बुझिन्छ । ओलीपछि पार्टी नेतृत्व गर्ने उपयुक्तपात्रको खडेरी देखिएकाले भण्डारीलाई सक्रिय गराउने रणनीतिमा छ । हुन२०७९ फागुनमाशीतलनिवास छाडेर चपली सरेकी भण्डारी पार्टीका आधिकारिक कार्यक्रममा सहभागीभएकीथिइनन् । सोमबारको कार्यक्रममा सम्मान ग्रहण गर्नुलाई राजनीतिकविश्लेषकहरुले राजनीतिमाआउने नभइ सम्मानीतपोजिसनमा बस्नुपर्ने सन्देश दिनखोजेको भनेर बुझेका छन् । राजनीतिमाफर्किने कि नफर्किने भण्डारीको इच्छा, जनताको चाहना र आवश्यकतालगायतको परिस्थितिले निर्धारण गर्ने राजनीतिकविश्लेषकहरुको बुझाइ छ । भण्डारीको इच्छा पनि राजनीतिनभइ सामाजिककार्यक्रमा सक्रियहुने रहेको बुझिन्छ । मदन भण्डारी फाउन्डेसनको संरक्षक बनेर त्यसलाई थप सामाजिककाममाक्रियाशीलबनाउँदै जनताको बीचमापुग्ने भण्डारीको इच्छा रहेको उनी निकटका व्यक्तिहरु बताउने गर्छन । तर जनवर्गीय संगठनकै कार्यक्रममानिम्ताउनुलाई राजनीतिमा स्पेस जीवित छ भनेर बुझ्नेहरु पनिप्रशस्त छन् । पूर्वराष्ट्रपति भण्डारीको हालको उमेर, मदन भण्डारी र जनताको बहुदलीयजनवादको विरासतका कारण पनिउनलाई सक्रिय राजनीतिमाआउने आधारहरु कार्यकर्ताले देख्ने गरेका छन् । सक्रिय राजनीतिमाआउने आधारहरुका रुपमा भण्डारीकाविगतकादिनहरुले पनि प्रष्ट पार्ने गरेको छ । किनकी पार्टीको नवौं राष्ट्रिय महाधिवेशनपछि तत्कालीनअध्यक्षओलीपछिको शक्तिशालीउपाध्यक्षका रुपमा भण्डारीले राष्ट्रपति निर्वाचित हुनुअघि अलग्गै समूहनिर्माणको कसरत गरेकीथिइन । उनले १०औं महाधिवेशनलाई लक्षित गरेर अलग्गै समूह खडा गर्ने प्रशस्तप्रयास गरेकीथिइन । तर ओलीको चाहना, परामर्श र प्रस्तावमादुवैपटक राष्ट्रपति बनेपछि उनले राजनीतिकबहसलाई विट मारेकीथिइन । तर कार्यकाल समाप्तभएर नीजिनिवास प्रवेश गर्नुअघि धेरै कार्यकर्ताले सक्रिय राजनीतिमाआउन जोडबल गरिरहेका थिए र छन् ।
 

सोमबार १० बैशाख २०८१ ०८:०२ PM मा प्रकाशित

प्रतिक्रिया