images

क्रान्ति र परिवर्तनकापक्षधरहरु एकठाउँ हुनैपर्छ ः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्रीएवममाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले एकता, सहमति र समझदारीबाट मात्रै देशमा ठूला ठूला राजनीतिक परिवर्तन सम्भव भएको स्मरण गरेका छन् । नेकपा स्थापनाको ७६ बर्ष पुगेको अवसरमा एमालेले सोमबार आयोजना गरेको हीरक महोत्सव समारोहलाई सम्बोधनगर्दै उनले एउटा दल विशेष वा नेताको मात्रै योगदानले परिवर्तन सम्भव नभएकाले सामूहिक समझदारी र एकताआजको आवश्यक्ताभएको बताए ।
‘हामीआपसमा एकताबद्ध नहुँदा, समझदारीका साथ अगाडि बढ्न नसक्दा ३० वर्षसम्म निरङ्कुशपञ्चायती, तानाशाहीशासन सहनुपर्यो । हामी सबैले यो ऐतिहासिकतथ्यलाई गहिरोसाथआत्मसाथ गर्नपर्छ । त्यसैले सामूहिक समझदारी र एकताको बलमा नै संघीय लोकतान्त्रिकव्यवस्थालाई कार्यान्वयनमाल्याउन सक्छौं,’ उनले भने । प्रत्येक ठूला क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीदाहालले क्रान्ति र परिवर्तनकापक्षधरहरु अझै एकताबद्ध हुनुपर्ने बताए । उनले जे जतिउपलब्धीहासिलभएका छन् त्यो एकताको बलमाप्राप्तभएको उल्लेख गरेका उनले भने,‘जतिबेलाहाम्रो एकता टुट्छ, हामीकमजोर भएका छौ । आजको विशेषदिनमा राजनीतिकदलहरुको बीचमा सहमतिको एउटा नयाँयात्रा सुरु गर्ने दिनबनोस । हामी एकजुट हुँदादेशमाउत्सवको अवस्था बनेको थियो तर हामीविभाजितभयौं हामीलाई तितो महशुस भयो ।’ 
 

सोमबार १० बैशाख २०८१ ०८:०५ PM मा प्रकाशित

प्रतिक्रिया