अंकगणितीय हिसावमा गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाउने निश्चित !

काठमाण्डौँ - ६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका २७ जना सांसद रहेका छन् भने दोश्रो ठूलो दल नेकपा एमालेका २२ जना सांसद रहेका छन् । त्यस्तै, माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ तथा नेकपा एकिकृत समाजवादी र नेपाल समाजवादीका एक–एक जना सांसद रहेका छन् । 

यस प्रदेशमा कांग्रेस र माओवादी मात्र मिल्दा पनि ३४ सिट पुग्छ भने एकिकृत समाजवादी र नेपाल समाजवादी पनि गठबन्धनमा रहेकाले ३६ सिटसहित कांग्रेसको नेतृत्वमा सरकार गठन हुने सम्भावना रहेको छ । 

मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना देखिएको छैन । अधिकारी नेतृत्वको सरकार ढल्ने सम्भावनासँगै कांग्रेस र माओवादी दुवै दलले सरकारको नेतृत्वमा दाबी गरेका छन् ।