images

मन्त्री यादवद्वारा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरुको बिदाई

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरुको बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका छन् । मक्कामा हज ९विशेष प्रकारको नमाजर प्राथना० गर्न नेपाली मुस्लिम दाजुभाई दिदीबहिनी साउदी अरब पुग्ने भएकाले आफूले विमानस्थलमै पुगेर उनीहरुलाई बिदाई गरेको मन्त्री यादवले बताए । उनले भने, ‘हजका लागि जाने ‘हाजी’ हरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर मैले फूलमाला तथा खादा लगाई बिदाई गरेको छु । उहाँहरुको यात्रा धर्म, आस्था र मानवता प्रति प्रेरणादायी बन्न सकोस् भन्ने कामना गर्दछु ।’मन्त्री यादवले बिदाई गर्नुका साथै हज यात्रुहरूलाई सफल यात्रा, धार्मिक आस्था र मानवताको प्रेरणादायी सन्देश लिएर फर्किन शुभकामना समेत व्यक्त गरे ।मन्त्री यादवले व्यक्तिगत रुपमा खादा र मालाले सम्मान गर्नु भएपछि हज यात्रीहरूले भावुक हुँदै धन्यवाद व्यक्त गरेका थिए । मुस्लिम धर्मावलम्बीको  आस्था र भरोसाको रूपमा  चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षै पिच्छे हजका लागि लाखौँ हजयात्रीहरू जाने गर्छन् । 

बिहीबार ९ जेठ २०८२ ०८:३८ AM मा प्रकाशित

प्रतिक्रिया