images

हेटौंडाको मास्टरचोकमा ट्याङ्करले विद्यालयको बसलाई दियो ठक्कर 

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–९, मास्टरचोकमा सोमबार बिहान सवारी दुर्घटना भएको छ । नेपाल आयल निगमको पेट्रोल बोकेको ट्याङ्करले एक विद्यालयको बसलाई ठक्कर दिएको र त्यसपछि उक्त बसले पार्किङ गरिएको निजी सवारीसंग ठोक्किँदा दुर्घटना भएको हो ।‘पहिलो पाइला फस्र्ट स्टेप मन्टेश्वरी’ विद्यालयको नाममा सञ्चालित पहेँलो रंगको बसमा चारजना सवार थिए, जसमा एकजना मात्रै विद्यार्थी रहेको जनाइएको छ । अन्य तीनजना विद्यालयका कर्मचारी थिए ।दुर्घटनाका कारण स्कूल बसको अगाडिको भाग र पछाडि दुबै गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । त्यसैगरी, ठोक्किएको निजी सवारी पनि क्षतिग्रस्त भएको देखिन्छ। पेट्रोल ट्याङ्करको अगाडि भागमा पनि क्षति भएको छ ।   घटनापछि स्थानीयवासीको भीड लागेको थियो भने इलाका प्रहरी कार्यालय पशुपतिनगर टोलीले तत्काल घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ ।दुर्घटनामा गम्भीर मानवीय क्षति भने भएको छैन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विमला कठायतका अनुसार पेट्रोल ट्याङ्करको ब्रेक फेल वा लापरवाहीका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ ।

मङ्गलबार ७ साउन २०८२ ०३:३० PM मा प्रकाशित

प्रतिक्रिया