images

मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन ःप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्रीकेपीशर्मा ओली र प्रमुखप्रतिपक्षीसहितविपक्षीदलबीच बाढी, पहिरो र डुुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमामिलेर प्रभावकारीरुपमाकाम गर्ने विषयमा समान मत देखिएको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा सोमबारपाँचविपक्षीदलको ध्यानाकर्षणपत्र बुुझ्दै प्रधानमन्त्रीओलीले लोकतान्त्रिक प्रणालीमा मागपत्र र सुुझाव प्रस्तुतहुनु संवाद र छलफलको सकारात्मकप्रक्रियाभएकाले विपक्षदललाई ध्यानाकर्षणपत्रका लागिधन्यवाददिँदै राहत र पुनःस्थापनाका सरकारले आफ्नो तर्फबाट प्रभावकारी कामगर्दै आएको जानकारी गराए । उनले मनसुनजन्यविपद्को घटनामा घाइते भएकाहरुको निःशुल्कउपचार भइरहेको, बेपत्ताभएकाहरुको खोजीकार्य जारी रहेको, बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरुमाभएको अवरोध खुुलाइएको जनाउँदै यस्ता विषयमाकुनै राजनीतिनगरी मिलेर जानदलहरुलाई आग्रहगरे । प्रधानमन्त्रीओलीले संसदीय छानबिन समितिको प्रतिवेदनकाआधारमा सहकारीसम्बन्धीअनियमिताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूूर्व उपप्रधानमन्त्रीएवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाबवाआग्रहमानभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरुपमापक्राउ गरिएको स्पष्ट पारे । ‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केहीलिनुु दिनुु छैन । मैले त व्यक्तितोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्वहो ।मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमनकुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिकपद्धतिलाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानाशाहभनेर अवाञ्छित गालीगलौज गरिएको छ । थपतिक्ततानहोस्भनेर मैले कुनै जवाफदिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरुले पनित्यसो गर्नु राम्रो होइन ।’
 

मङ्गलबार ६ कात्तिक २०८१ ०७:५२ AM मा प्रकाशित

प्रतिक्रिया