काठमाडौं। नेकपा (माओवादी केन्द्र)काअध्यक्षपुष्पकमलदाहाल ‘प्रचण्ड’ले देशको प्रतिष्ठा र आर्थिक विकासकालागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताएकाछन् । गोरखाताकुकोट सेवा समाज, काठमाडौको नवौं वार्षिक साधारणसभालाई सम्बोधनगर्दै उनले यस्तो धारणा राख्नुभएको हो । अध्यक्षप्रचण्डले नेपालीयुवाहरुमाक्रिकेटको क्रेज बढ्दै जानु देशकालागिमहत्वपूर्ण पक्षभएकोबताए । सकिएको नेपालप्रिमियर लिग (एनपीएल)को सन्दर्भमा चर्चा गर्दै उनले भने,‘अहिले क्रिकेटमा देशभरि युवाहरुमानिकै ठूलो क्रेज छ । मैले आफ्नो तर्फबाटप्रधानमन्त्रीहुँदाहोस् वाविपक्षीदलको नेताहरुको रुपमाक्रिकेटको विकासकालागि धेरै मेहनत गरेको छु । क्रिकेटको विकास गरेर त्यसमार्फत राष्ट्रियअन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठाबढाउन र आर्थिक रुपमा देशलाई गतिशीलबनाउन खेल क्षेत्रको विकासमाध्यानदिनैपर्छ ।’ आफूलाई गोरखाकाजनताले मत दिएर जिताएपछि नै तेस्रो कार्यकार्यलकाप्रधानमन्त्री बनेको उल्लेख गर्दै अध्यक्षप्रचण्डले त्यसपछि नै सुशासन, सामाजिकन्याय र आर्थिक समृद्धिको मार्गचित्र कोर्ने अवसर पाएको बताए। आफूले प्रधानमन्त्रीको रुपमागोरखाको विकासकालागि बजेट विनियोजनदेखि योजनाको प्राथमिकीकरणमा सक्दो प्रयास गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको रुपमाव्यस्तहुँदाआफ्नो निर्वाचन क्षेत्रमा धेरै जाननपाएपनि अब अलिबढी नै जोडिने सोंच बनाएको बताए । अध्यक्षप्रचण्डले गोरखासँग जोडिएका धेरै राष्ट्रियस्तरका परियोजनालाई अघिबढाउनपनिआवश्यक रहेको बताए । आफू प्रधानमन्त्रीहुँदाजडीबुटीउद्योग, रुग्न उद्योग सञ्चालन, बुढीगण्डकी परियोजनाअघिबढाउने, गोरखकाली रबर उद्योग सञ्चालनलगायतकाठूलो परियोजनाअघिबढाउनपहलअघिबढाएको र आगामीदिनमा परिणामआउने गरी काम गर्नुपर्ने उनले स्पष्टपारे । तर, अहिलेको सरकारले त्यसलाई अगाडिबढाउने भन्दापनि सरकारी उद्योगहरुलाई निजीकरणतर्फ लैजाने षड्यन्त्र सुरु गरेकाले यसप्रतिपनि सजग हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।
प्रतिक्रिया