images

पश्चिमीन्यूनचापीय प्रणालीको प्रभाव ः यी चार प्रदेशमा वर्षा

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमानमहाशाखाले हाल नेपालमापश्चिमीन्यूनचापीय प्रणाली तथाभारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। महाशाखाकाअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमाहल्का वर्षा भईरहेको छ । आजदिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमाआंशिकदेखि साधारणतया  बदलीतथाबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मूख्यतया सफा रहने छ। कोशीप्रदेशका केही स्थान, मधेश, बागमती र गण्डकी  प्रदेशकाथोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहितहल्का वर्षाको सम्भावना रहेको छ। कोशीप्रदेशकाएकदुई स्थानमामध्यम वर्षाको समेत सम्भावना रहेको छ। कोशी र बागमतीप्रदेशकाउच्च पहाडी तथाहिमालीभूभागकाथोरै स्थानका साथै गण्डकी प्रदेशकाउच्च पहाडी तथाहिमालीभूभागका केही स्थानमाहल्काहिमपातको सम्भावना रहेको छ। आज रातीभने देशभर आंशिकबदली रहने छ। कोशीप्रदेश लगायतबागमती र गण्डकी प्रदेशका पहाडी भूभागकाएकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशकाउच्च पहाडी तथाहिमालीभूभागकाएकदुई स्थानमाहल्काहिमपातको सम्भावना छ । 
 

शनिबार १० चैत २०८० ०९:३९ AM मा प्रकाशित

प्रतिक्रिया