images

तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक 

काठमाडौं । संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमाप्लास्टिकजन्य बोटलसहितका पेय पदार्थम रोक लगाएको छ। पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरु (चार तारे, पाँचतारे र पाँचतारे डिलक्स) सबै रिसोर्टहरु (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो । विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजतप्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरुमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरु प्रयोगमाआइरहेका भनीजानकारी प्राप्तहुनआएकाले तत्काललाई कम्तिमा चार तारे वा सोभन्दामाथिल्लो स्तरका होटल तथा रिसोर्टहरुमाखानेपानीको लागिप्रयोगमाआउने प्लास्टिकजन्य बोटलमा रोक लगाएको पर्यटन विभागकामहानिर्देशक सहसचिव डा नारायण रेग्मीले जानकारी दिए । प्लास्टिकजन्य बोटलको  प्रयोगबाट मानव स्वास्थ्यतथावातावरणमा समेत नकारात्मकप्रभाव पर्ने हुदाँ प्लास्टिकजन्य बोटलको प्रयोगमानिषेध गरी काँचकाबोटल तथाअन्यधातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेष्टुरेन्टहरुमा पिउने पानीको व्यवस्थामिलाउननिर्देशनदिइएको महानिर्देशक डा रेग्मीले बताए । 
 

बुधबार ७ कात्तिक २०८१ ०७:५० AM मा प्रकाशित

प्रतिक्रिया