images

विकास निर्माणमा कांग्रेसले कुनै सम्झौतागर्दैन ः डा.महत

नुवाकोट ।नेपालीकांग्रेसका प्रवक्ताएवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले विकास निर्माणमा कुनै सम्झौतानहुने बताएका छन् । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकास्थितसिक्रे मैदानतलाखु छाप सडक स्तरोन्तीकार्यक्रमको शुभारम्भ गर्दै विकास निर्माणका लागिकुनै सम्झौतानहुने बताएकाहुन् । उक्त सडक निर्माणको ठेकेदार कम्पनीलाई सुझावदिँदै उनले तोकिएको मितिमाकाम सम्पन्न गर्न र गुणस्तरीय काम गर्न आग्रह गरेका छन् । पूर्व अर्थमन्त्री डा.महतले सडक पूर्वाधार कार्यालयकाप्रमुखकार्यक्रममाउपस्थितनभएकोप्रति असन्तुष्टि जनाउँदै काम गरिसकेपछि कामको भुक्तानी समयमादिन र अन्ट टन्ट नगर्न पनिआग्रह गरे । डा. महतले माओवादी नेताहरुले उक्त सडक निर्माण गर्ने भन्दै धेरै पटक शिलान्यास गरेको तर बजेट हाल्ननसकेकोप्रतिइंगितगर्दै भने, ‘वर्षामानपुनजी अर्थमन्त्री र हितबहादुर जी पर्यटन मन्त्रीबन्नुभयो, तर उहाँहरुले नुवाकोटका लागिकहाँ बजेट राख्नुभयो त जानकारी पाउनपाएहुन्थ्यो?’ नेतामहतले कामगर्न नसक्ने र नगर्ने तर आफूले गरेको भनेर धाकलगाउने गरेको भन्दै जनतालाई भुक्याएर राजनीतिनगर्न पनि चेतावनीदिए । डा.महतले कांग्रेसका नेताकार्यकर्तालाई कांग्रेसले गरेको कामलाई सकारात्मक रुपमाप्रचार गर्न पनिनिर्देशनदिए । उनले राजनीतिक दल जनताको सेवा गर्ने साधकमात्रभएको भन्दै पार्टी लाई नै सेवा गर्नुपर्ने भयो भने त्यो पार्टी हुननसक्नेपनिउल्लेख गरे । कार्यक्रममा नेपालीकांग्रेस नुवाकोटका सभापतितथाप्रदेशसभा सदस्य रमेश महत, शिवपुरी गाउँपालिकाअध्यक्षगोविन्दथपलिया, पूर्व अध्यक्ष रामकृष्ण थापा, कांग्रेस नेतृ अप्सरा थापालगायतले आ(आफ्नो मन्तव्य राखेका थिए । डा.महतको पहलमाउक्त सडक निर्माणका लागि संघीय सरकारको अनुदानमाकालोपत्रे गर्ने काम सुरु भएको हो । एक वर्षभित्र सडकको काम सम्पन्न गर्नेगरि ठेक्काप्रक्रियामा सम्झौताभएको छ ।
 

बुधबार ७ कात्तिक २०८१ ०८:०५ AM मा प्रकाशित

प्रतिक्रिया