हेटौंडा सिमेन्ट उद्योगको उत्पादन किन भयो बन्द ?

 

हेटौंडा - सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौंडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ ।

सिमेन्ट उत्पादनका लागि आगो  मेसिन भट्टीमा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो मेसिनको मर्मतको प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनःसञ्चालनमा आउने सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकरी दिए। उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उनको भनाइ छ ।

विगतमा उद्योगका लागि चाहिने कोइलाको समस्या थियो तर हाल कोइलाको समस्या नरहेको बताउँदै उहाँले बोलपत्र आह्वानमार्फत बाह्य मुलुकबाट कोइला आयात भइरहेको जानकारी दिए।