images

रमेश विकल साहित्य प्रतिष्ठानको आयोजनामा भएको अन्तर गोकर्णेश्वर नगरपालिका अभिनय प्रशिक्षण कार्यक्रम आज सम्पन्न

काठमाडौं,मङ्सिर ८ गते । रमेश विकल साहित्य प्रतिष्ठानको आयोजनामा भएको अन्तर गोकर्णेश्वर नगरपालिका अभिनय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भयो । रमेश विकलको बालनाटकमा आधारित उक्त प्रशिक्षणमा २० वटा विद्यालयका ४०छात्र छात्राले भाग लिएका थिए ।  कार्क्रममा वरिष्ठ निर्देशक वद्री अधिकारी तथा संवाद लेखक सुदर्शन श्रेष्ठ र सुशील आचनर्यले प्रशिक्षण दिनुभएको थियो ।
  प्रशिक्षणको अन्त्यमा सहभागी विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्दै ग‍‍कर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले रमेश विकल साहित्य प्रतिष्ठाले सञ्चालन गरेको यो प्रशिक्षण कार्यक्रम नौलो खालको भएको र नगरपालिका यस्ता कार्यक्रममा सहयोग गर्न सधैं तत्पर रहने विश्वास दिलाउनु भयो । 


नव अरूणिमा मा।वि। का प्रचार्य अर्जुन दङ्गालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक बद्री अधिकारी, प्रतिष्ठानका सचिव वसन्त रिजाल, कोषाध्यक्ष साम्व चालिसेका साथै रामप्रसाद पौडेल, मुना रुपाखेती र आलोक चालिसे , महेन्द्र चालिसे लगायतले बोल्नु भएको थियोे ।

शुक्रबार​ ८ मंसिर २०८० ०८:५७ AM मा प्रकाशित

प्रतिक्रिया