images

"मैदा उद्यमी, वीउ उत्पादक र गहुँ सम्बन्धित अन्य सरोकारवालाहरु वीच अन्तरक्रिया कार्यक्रम" सम्पन्न

भैरवहा । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, भैरहवामा मैदा उद्यमी, वीउ उत्पादक र गहुँ  सम्बन्धित अन्य सरोकारवालाहरु वीच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । गहुँबाली संयोजक डा. रोशन बस्नेत अध्यक्षता  र कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिव अर्याल प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटारका प्रमुख सुरज वैद्य, खाद्य  प्रविधि तथा गुण नियन्त्रण कार्यलय, रुपन्देहीका प्रमुख अनुप हलवाई, वीउ वीजन प्रयोगशाला, भैरहवाका प्रमुख शालिक राम गौतम लगायत रुपन्देही फ्लोर मिल एसोसियसनका प्रतिनिधिहरु, फ्लोर  मिलका संचालकहरु, वीउ उत्पादन कम्पनीका प्रतिनिधि, नार्कबाट सेवा निबृत हुनुभएका मुख्य वैज्ञानिक तथा वरिष्ठ वैज्ञानिकहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त अन्तर्किया कार्यक्रमको उदेश्यबारे यस कार्यालयका वरिष्ठ  वैज्ञानिक सुचना अधिकारी दिपक पाण्डेले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन बैज्ञानिक नारायण खत्रीले गर्नुभएको थियो । सो कार्यक्रममा पाँच वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए ।
हाल नेपालमा करिव १० लाख मेट्रिक टन गहुँ फ्लोर मिलबाट खपत हुँदै आईरहेको अबस्थामा सो परिपूर्ति गर्न स्वदेशी उत्पादनको ४०/ ४५ प्रतिशत र बाँकी मुख्यगरी भारत र अन्य छिमेकी राष्ट्रहरुबाट आयात गरिएको अबस्था रहेको छ  भारत तथा अन्य राष्ट्रहरुबाट आयात भैरहेको सो मागलाई प्रतिस्थापन गर्न कृषि अनुसन्धान र वीउ  उत्पादकसंग मैदा मिलर्सहरुले सहकार्य गरि औधोगिक प्रयोजनको लागि चाहिने गुण भएका गहुँका जातहरु निश्चित ब्लकमा उत्पादन गरि किसानलाई premium मूल्य  सहित Pay back/buy back ग्यारेन्टी हुने गरि  उत्पादन गर्नुपर्ने निष्कर्ष छलफलबाट आएको छ ।
कार्यक्रमको छलफलमा मैदा मिलर्सहरुले नेपालबाट उन्मोचन भएका गहुँका जातहरु औधोगिक प्रयोजनका लागि राम्रो भएका र आगामी दिनमा अनुसन्धानबाट"Product specific" quality parameters जस्तै high glutin, high protein, semi hard type, zinc, iron  बढी भएका गहुँका जातहरु विकास गरेमा नेपालमा स्वदेशी जातहरुले औधोगिक क्षेत्रमा धेरै टेवा पुर्याई समग्र  देशको अर्थतन्त्रमा सुधार आउने धारणा अन्तरक्रियाको निष्कर्ष रहको थियो ।

मङ्गलबार १२ असार २०८१ ०४:२९ PM मा प्रकाशित

प्रतिक्रिया