काठमाडौँ - नेकपा एमालेले ६ वटा प्रदेश अधिवेशनको मिति तय गरेको छ ।
गण्डकी प्रदेशको मात्रै मिति तय गर्न बाँकी रहेको एमालेले जनाएको छ । मिति तय भएका प्रदेशमा असोज १५ गतेभित्र अधिवेशन गरिसक्ने गरी मिति तय गरिएको हो ।
जसअन्तर्गत बागमती प्रदेशको अधिवेशन असोज ८ र ९ गते तोकिएको छ भने कोशी प्रदेशको अधिवेशन असोज १२ र १३ र मधेश प्रदेशको असोज ५ र ६ गते मिति तय भएको छ ।
कर्णाली प्रदेशको भदौको २९ र ३० गते, सुदूरपश्चिमको भदौ २२ र २३ गते अधिवेशन गर्ने मिति तय भएको छ । यस्तै, लुम्बिनीको भदौ १६ र १७ गतेका लागि मिति घोषणा गरिएको हो ।