महाराष्ट्रमा पहिरो गएको ४ दिनसम्म ८२ जना बेपत्ता,२६ को मृत्यु

काठमाण्डौँ - भारतको महाराष्ट्रको इर्शलवाडी गाउँमा पहिरो गएको चार दिन बितिसक्दा पनि ८२ जना अझै बेपत्ता छन्। शनिबार भग्नावशेषबाट थप चार जनाको शव निकालेको थियो । दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

खोज र उद्धार अभियान जारी रहेको र स्थानीय टोलीसहित एनडीआरएफका चार टोली खोजी कार्यमा संलग्न छन्। यवतमाल जिल्लामा वर्षाका कारण बाढीमा फसेका ४५ जनाको उद्धार गर्न वायुसेनाका दुई हेलिकप्टर परिचालन गरिएको छ । शनिबार गुजरातका धेरै सहरमा भारी वर्षा भएको थियो । नवसारीमा वर्षाका कारण एकजना बेपत्ता भएका छन् ।