images

जनतासँगको भेटले भरोसा र ऊर्जा

‘जनतासँग निरन्तर उपस्थिति नै काठमाडौं ९ बाट विजयी हुने आधार हो’काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रत्यक्षतर्फकी उम्मेदवार नानु बास्तोलाले महिला, युवा एवम नयाँ पुस्ताको भूमिका सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन् । बास्तोला सामाजिक कार्य र महिला सशक्तिकरणका मुद्दामा समेत आफ्नो पहिचान बनाएको र चुनावी अभियानमा यही एजेण्डालाई अघि सारेर चुनावी घरदैलोमा रहेको पनि दाबी गरिन् ।मतदाताहरुसँग औपचारिक भेटघाट र कार्यक्रममा व्यस्त उनी आफूलाई केवल उम्मेदवार नभइ सामाजिक, राजनीतिक र विकासका पहलमा सक्रिय प्रतिनिधि भएको बताउँछिन् । पछिल्लो समय कांग्रेसको विशेष महाधिवेशनपछि भएको नेतृत्व र नीति परिवर्तनलाई पनि चुनावी अभियानमा प्राथमिकता बनाइरहेको उनले बताइन् ।उनी भन्छिन्, ‘उम्मेदवारका रुपमा नोमिनेसन सकेलगत्तै भेटघाट बढाएको छु । पार्टीले आगामी निर्वाचनका लागि दीर्घकालीन र अल्पकालीन रूपमा देश विकासका लागि योजना र नीति सार्वजनिक गर्नेछ ।’नेतृ बास्तोलाले जनतासँगको भेटले भरोसा र ऊर्जा पुनःस्थापना गरेको बताइन् । ‘घोषणापत्र चाँडै नै आउनेछ । यो अभियानले जनतासँगको भरोसा र ऊर्जा पुनःस्थापना गरेको छ,’उनले भनिन्नेतृ वास्तोलाले आफूलाई केवल महिला उम्मेदवार नभई युवा नेतृत्वको प्रतिनिधित्व गर्ने पात्र भएको दाबी गरिन् । उनले युवालाई मात्र नारामा सीमित नभई नीति निर्माण र निर्णय प्रक्रियामा सामेल गराउनु जरुरी भएको बताइन्। ‘म युवा हुँ, महिला मात्र होइन, नयाँ पुस्ताको आवाज प्रतिनिधित्व गर्न सक्ने उम्मेदवार हुँ । अग्रजलाई सम्मान गर्दै, युवा र महिलाको प्रतिनिधित्व गर्दै संसदमा बलियो एजेण्डा प्रस्तुत गर्ने मेरो लक्ष्य हो,’ उनले भनिन्।आगामी निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भए दीर्घकालीन रूपमा र अल्पकालीन रूपमा देश विकासका लागि गर्नुपर्ने पहल, नीति निर्माण र कार्यान्वयनका विशेष काम गर्ने बताइन् । ‘हामीले दीर्घकालीन र अल्पकालीन रूपमा देश विकासका लागि गर्नुपर्ने पहलहरू, कांग्रेसको नेतृत्वमा हुँदा गराउनुपर्ने नीतिहरू र एजेण्डाहरू बनाएका छौं,’ उनले भनिन् ।उनले काठमाडौं क्षेत्र नं।९ को मात्र नभई देश भरिका विकासका मोडेलहरू पक्षमा बलियो ढङ्गले आफू प्रस्तुत रहने बताइन् । उनले युवा पलायन रोक्नुपर्ने र विदेशबाट नेपाल फर्काएर रोजीरोटी सिर्जना गर्न सरकारी नीतिमा सुधार आवश्यक भएकोमा जोड दिइन्। ‘आज विदेश जाने युवाहरू धेरै छन् । उनीहरूलाई फर्काएर यहाँ काम गर्न सक्ने वातावरण बनाउनु पहिलो प्राथमिकता हो। यसका लागि अल्पकालीन र दीर्घकालीन रणनीति मार्फत गर्न सकिन्छ,’ उनले भनिन् ।नेतृ बास्तोलाले स्थानीय विकास, स्वरोजगार, कृषि, उद्यमशीलता, सडक र पूर्वाधार निर्माणमा आफ्नो अभियान केन्द्रित रहेको बताइन्।‘स्थानीय सरकारसँग मिलेर साना व्यवसाय र स्वरोजगार सिर्जना गर्न पहल गर्नेछु । यही कारणले म यस क्षेत्रमै निरन्तर उपस्थित छु र जनता माझ रहँदै काम गर्नेछु । भोलिका दिनमा पनि यसै प्रतिबद्धतामा रहिरहनेछु,’ उनले स्पष्ट पारेकी छन्।वाँस्तोलाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको झण्डा र रुख चिह्नको पक्षमा मतदानको लागि मतदातालाई आग्रह गर्दै, सांसद, महिला र युवाको प्रतिनिधित्वको बलियो नमूना बन्ने प्रतिवद्धता व्यक्त गरिन्।

सोमबार १२ माघ २०८२ १०:३७ AM मा प्रकाशित

प्रतिक्रिया