ओसाका/जापान। आउदो वर्षको मार्च महिनामा जापानी भाषा स्कुल (निहोङ्गो गाक्को )सोचुग्योउ भई अप्रिल महिनाबाट (दाईगाकु)विश्वविद्यलय तथा भोकेस्नल कलेज सेन्मोन गाक्को प्रवेश गर्ने तयारीमा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गरि ब्लु ब्वाइज युनियन ओसाकाले जुन २८ तारिख एक कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम, दिउँसो १३:०० बाट १७:०० बजे सम्म 大阪府社会福祉会館(FINE財団) हलमा (7 Chom-4-15 Tanimachi, Chuo Ward,Osaka, 542-0012,Japan Room No.503)विभिन्न गाक्कोहरुसँग सहकार्य गरि कार्यक्रम सन्चालन गरिनेछ। पछिल्लो समय जापानमा बढ्दो विदेशी विद्यार्थीहरुको चापले गर्दा दाईगाकु तथा सेन्मोन गाक्को प्रवेश केहि कठिन हुन पुगेको हुनाले ति कुराहरुलाई मध्यनजर गर्दै केहि मात्रामा भएपनि सहयोग र सहज होस भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गर्न लागिएको कुरा सचिव प्रदीपराज खड्काले जानाकारी दिए ।
उक्त कार्यक्रममा दाईगाकु तथा सेन्मोन गाक्कोमा छनोट गर्न सकिने वा अध्ययन हुने विषयगत जानाकारी , गान्स्यो लेखन सम्बन्धि जानाकारी, अन्तर्वार्ता तथा रिरेकिस्यो लेखन सम्बन्धि जानाकारी , विभिन्न विषयका सम्बन्धित सेन्मोन गाक्को प्रवेश तयारीमा सहजता लगाएत सेन्मोन गाक्कोमा सामना गर्नुपर्ने चुनौती तथा अवसरहरुको बारेमा पनि विद्यार्थीहरुलाई जानाकारी प्रदान गर्ने उद्देश्य रहेको अध्यक्ष वासुदेव लामिछानेले बताए।
कान्साईमा रहेका आगामी वर्ष सेनमोन गाक्को प्रवेश गर्ने तयारीमा रहेका सम्पुर्ण नेपाली विद्यार्थी भाईबहिनीहरुलाई उक्त दिन समय मिलाई कार्यक्रममा उपस्थितिको लागि आयोजक संस्थाले अनुरोध गरेको छ ।
प्रतिक्रिया